• २०८३ असार ६ गते शनिवार

धरानबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनायएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस