• २०८३ बैशाख १६ गते बुधवार

भारतीले फेरि शुरू गरिन् अनशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएको विरोधमा भारती मानन्धरले फेरि अनशन सुरू गरेकी छन्। भारतीले आज आइतबारबाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी हुन्।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले फेरी अनसन सुरु गरेकी हुन्।

पुर्व श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस