• २०८३ जेष्ठ १ गते शुक्रवार

क्वीन्टल सुन प्रकरणमा सरकारकै मिलेमतो हुनसक्ने एमाले अध्यक्ष ओलीको आशंका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३,  नेपालगञ्ज। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले, क्विन्टल सुन प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतो रहेको आशंका गरेका छन् । नेपालगञ्जमा शनिवारदेखि शुरु भएको लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा ओलीले सरकारकै विशेष जिम्मेवारी पाएको व्यक्तिको योजनाबिना यति धेरै सुन भित्र्याउन नसक्ने बताए ।

‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन’ उनले भने ‘एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो, यो सेटिङबिना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ’ सय किलो सुन विना सुइँको छिर्नु चानचुने कुरा नभएको भन्दै ओलीले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्ट जस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनुमा राज्यको संलग्नता देखिएको तर्क गरे ।

यो प्रकरण लुकाउने प्रयासमा सरकार लागेको भन्दै उनले यो सरकारबाट सुशासनको अपेक्षा गर्नै नसकिने दाबी गरे । एमालेबाट निर्वाचित जनप्रतिनिधिले सम्बन्धको आधारमा गलत काम नर्गन निर्देशन दिए । उनले भने ‘एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्नु हुन्न आफू बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो’

२ दिन चल्ने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका तीनै तहका ५ सय जनप्रतिनिधिहरूको सहभागि छन् ।
प्रशिक्षणमा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिव गोकर्ण विष्टलगायतका नेताहरू सहभागी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस