• २०८३ बैशाख २८ गते सोमवार

पत्रकारप्रति हर्कराज साम्पाङकाे अमर्यादित व्यवहार सच्याउन महासंघकाे आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, काठमाडौं । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले सञ्चार क्षेत्रमाथि निरन्तर प्रहार गरिरहेपछि नेपाल पत्रकार महासंघ सुनसरी शाखाको ध्यानाकर्षण गरेको छ । नगरप्रमुख साम्पाङले आफू निर्वाचित भएदेखि नै सञ्चार संस्था तथा पत्रकारहरूमाथि निरन्तर अपमानजनक शब्दको प्रयोग गरिरहेपछि महासंघ सुनसरी शाखाले गम्भीर ध्यानाकर्षण गरेको हो ।

शुक्रवार महासंघले एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख साम्पाङले समाचार सङ्कलन गर्न पुगेका पत्रकारलाई धम्की दिने गरी दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ सुनसरी शाखाका सचिव ध्रुव ढकालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ “संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि व्यक्ति वा सार्वजनिक पदमा बसेकाको धम्कीबाट विचलित हुने छैन । मेयर साम्पाङले पत्रकारमाथि गर्दै आएको कार्यशैली महासंघ जिल्ला शाखा कडा शब्दमा निन्दा गर्दछ। साथै, आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जिल्ला शाखा जोडदार माग गर्दछ । ”

Sharing

प्रतिक्रिया दिनुहोस