• २०८३ असार १३ गते शनिवार

बलात्कार आरोपमा एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, दाङ ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय विनोद वलीलाई प्रहरीले पक्राउ गरेको छ ।

वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस