• २०८३ जेष्ठ १६ गते शनिवार

व्यक्तिगत स्वार्थ राखेर पार्टी छोड्ने प्रवृत्ति एमाले भित्र हावी भयो : नेता बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी भित्र अवसरवादी तत्वहरु हावी भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित मिसन ग्रासरुट जिल्ला स्तरीय समीक्षा तथा विस्तारित बैठक कार्यक्रममा उनले जनताको समस्या समाधान गर्छु भनेर भाषण गर्नेहरु आफ्नो माग सम्बोधन भएन भन्दै पार्टी छोड्ने प्रवृत्ति हावी भएको बताए ।

नेता बस्नेतले भने ‘ यहाँ कस्तो समस्या देखियो भने हामी श्रमजीवी वर्गको हक र हितको सुरक्षाको लागि काम र भाषण गर्ने अनि मेरो हक हित कार्यन्वयन भएन भनेर लफडा गरिरहने । जनताको समस्या समाधान गर्छु भनेर भन्ने अनि मेरो समस्या सम्बोधन भएन भनेर किन पार्टीमा लाग्ने भन्ने खालको स्थिति छ । यो खालको रोग हाम्रो पार्टीमा हावी भएको छ । ’

उनले जनताको लागि काम गर्ने मान्छेले आफ्नो लागि सोचेर पार्टी छोड्ने कार्य नगर्न समेत आग्रह गरे ।
वर्तमान समयमा एमालेलाई शसक्त बनाउनको लागि एकत्र हुन आवश्यक भएको पनि उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस