• २०८३ बैशाख २० गते आइतवार

बाबुद्वारा बन्धक बनाइएका बालकको उद्धार

बन्धक बालकको उद्धार गर्न गएका डिएसपीमाथि चक्कु प्रहार
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १०, बाँके । बाँकेको कोहलपुरमा एकजना बाबुले आफ्नै २० दिनको बालक छोरालाई बन्धक बनाएर मार्न खोज्दा प्रहरीले बालकको उद्धार गरेको छ । कोहलपुर -२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी घाइते भएको डिएसपी डाँगीले जानकारी दिए । डिएसपी तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि झ्यालबाट भित्र छिर्ने क्रममा तिवारीमाथि चक्कु प्रहार गरेका थिए । चक्कुको झटारोबाट डिएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको र उपचारका क्रममा ७–८ वटा टाँका लगाइएको प्रहरी प्रवक्ता डाँगीले बताए ।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन ठीक नभएको बताए ।

बन्धक बालकको उद्धार गर्न गएका डिएसपीमाथि चक्कु प्रहार
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्। कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए।

चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

 

Sharing

प्रतिक्रिया दिनुहोस