साउन ११, काठमाडौ । हिन्दु नारिहरुको महान चाड तीज नजिकिदै गर्दा तीज गीतहरु पनि बजारमा आउन थालेका छन् । चेलीको बेदना पोख्नेको रुपमा खास गीतहरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “पुतली भुरु भुरु” गीत बुधबार देखी बजारमा आएको छ ।

तिलक ओली अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो । पुतली भुरु भुरु गीतको शब्द अमेरिकामा बस्दै आएका तिलक ओलीको रहेको छ । भूपू मायाको सम्झनामा लय पनि ओली आफैले बनाएका छन् । चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको गीतलाई म्युजिक एरेन्ज भने बिनोद बाजुरालीले गरेका छन्, स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकडिङ्ग र खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन् ।
निशान बानियाको निर्देसन, प्रकाश खड्काको क्यामराबाट तयार भएको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् भने अमर सुनारको कोरियोग्राफी र रोनिसा अधिकारीको मेकअप रहेको छ ।
भिडियोमा चिरन्जिबी डागी र पछिल्लो समय निकै रुचाइएकी मोडल रेनुका खड्काको दमदार नृत्य रहेको छ भने मन्जित पहाडी, चन्द्र ओली,खेम ओली,सागर ओली,चन्द्र जोसी र मान जिसी लाइ बिसेष धन्यबादको रुपमा प्रस्तुत गरिएको छ ।
हेर्नुहोस भिडियो