साउन ११, काठमाडौं । बागमती प्रदेशले आज बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । नेपाल आयल निगमले साउन १ गते इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपञ्चात प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।

बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्ने भएको छ । काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै ट्याक्सी बाहेक सार्वजनिक यातायात ले १९ रुपैयाँ भाडा लिने गरेको थियो । बिहीबारदेखि १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ ।
यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ ।