• २०८२ साउन २ गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता जारी छ।

प्रधानमन्त्री र सभामुख बिचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस