• २०८३ बैशाख ३१ गते बिहिवार

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौँ । पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश- १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले आज राति प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तराईमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । यसका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस