पौष १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गरेका छन । उनले देशाबासीका नाममा सम्बोधन गर्दै कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान पनि गरे । प्रचण्डले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’ उनले अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने बताए ।
प्रधानमन्त्रीले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने पनि बताएका छन् ।