• २०८३ असार ६ गते शनिवार

उपप्रमुखको अस्तित्वलाई स्वीकारेर प्रमुखले बजेटमा हस्तक्षेप गर्न हुन्नः उपप्रमुख डंगोल (भिडियो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङगोलले न्यायिक विवादको विषय विशुद्धरुपमा न्यायिक समितिले मात्र पनि हेर्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् । बिहीवार नव निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा क्रममा उनले प्रमुखबाट कार्यपालिकाबाट असर हुने खालको निर्णय भएको हुँदा त्यसको भागेदारी उपप्रमुख पनि हुन परेको गुनासो गरिन् ।

एउटै न्याय समितिले पालिकाको स्थानीय विषय र विवादहरुलाई हेर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भनिन् ‘ न्यायिक विवादको विषयमा भने विशुद्धरुपमा न्यायिक समितिले मात्र पनि हेर्ने व्यवस्था गनुपर्छ । हैन भने प्रमुखबाट कार्यपालिकाबाट असर हुने खालको निर्णय भएको छ भने त्यसको भागेदारी उपप्रमुख पनि हुन पर्ने अवस्था देखिएको छ । त्यसकारणले एउटै न्याय समितिले पालिकाको स्थानीय विषय र विवादहरुलाई हेर्ने व्यवस्था हुनुपर्छ ।

उनले प्रमुखले पनि उपप्रमुखको अस्तित्वलाई स्वीकार गरी बजेटमा धेरै हस्तक्षेप गर्न नहुँने टिप्पणी गरीन् । प्रमुखमा मात्र निर्भर हुन पर्यो भने झगडाको बिउ उत्पन्न हुने भन्दै यस विषयमा पार्टीबाट पनि सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस