बैशाख १३, काठमाडौं । प्राविधिक कारण आज हुने रातो मच्छिन्द्रनाथको रथ यात्रा रोकिएको छ । ललितपुरस्थित गुठी संस्थानको शाखा कार्यालयका अनुसार रथमा केही प्राविधिक कार्य गर्नु पर्ने भएकोले रथयात्रा रोकिएको हो ।

रथको प्राविधिक कार्यपछि भोलि बिहीबार रथयात्रा नियमित हुने पनि गुठी संस्थानले जनाएको छ । नेपालको सबभन्दा लामो रथयात्रा मानिने रातो मच्छिन्द्रनाथको रथयात्रामा आम श्रद्धालु हर्ष उत्साहका साथ सहभागी हुने चलन छ ।