फागुन १४, काठमाडौँ । केपी ओली कप फुटबल आईतबार उपत्यकामा परेको वर्षाले प्रभावित बन्यो । लामो समयपछि काठमाडौं उपत्यकामा परेको वर्षाले एन्फा कम्प्लेक्समा जारी प्रतियोगितालाई प्रभावित बनायो ।

प्रतियोगिताको सेमिफाइनलमा आर्मी र सातदोबाटो प्रतिस्पर्धामा उत्रिएका थिए । दोस्रो हाफको खेल चलिरहदाँ मेघगर्जन सहित वर्षा भएपछि खेल रोकिएको थियो । दोस्रो हाफको खेल भोलि बिहान ११ बजे खेलाईने बताईएको छ । दुवै टोली गोल रहित अवस्थामा छन् ।
दोस्रो सेमिफाइनलमा भोलि दिउँसो ३ बजे मछिन्द्र र आयोजक क्लब भिड्नेछन् । युवा संघ नेपालले केपी ओलीको नाममा सञ्चालन गरेको प्रतियोगितामा ए डिभिजनका क्लब सहभागी छन् । प्रतियोगिताको फाइनल खेल दशरथ रंगशालामा सञ्चालन गर्ने तयारी छ ।