• २०८३ साउन २९ गते शुक्रवार

बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, बर्दिया। बर्दियाको गुलरियास्थित एक घरमा गएराति भएको आगलागीमा परेर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिं बुढा छन्।

उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो। आगलागीमा परेर २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया ४ तुलापुरको एक घरमा राति १० बजे आगलागी भएको हाे। आगलागीको कारण खुलेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस