• २०८३ बैशाख ४ गते शुक्रवार

नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त छ : संयोजक आहुति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त रहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित वर्तमान शिक्षा नीति र अबको गन्तव्य विषयक अन्र्तक्रिया कार्यक्रममा आहुतिले नेपाली समाज अहिले पनि पूर्ण रुपमा स्वाधीन र सार्वभौमसत्ता सम्पन्न नभएको भन्दै वैदेशिक हस्तक्षेपबाट ग्रस्त रहेको बताए् ।

उनले भने,‘नेपाली समाज अहिले पनि पूर्ण रुपमा स्वाधीन सार्वभौसत्ता सम्पन्न छैन् । बैदेशिक हस्तक्षेपबाट ग्रस्त छ । यस्को विरुद्ध जानसक्ने शिक्षा हुन आवश्यक छ ।’ संयोजक आहुतिले गाउँ शहरमा विद्यालयको कक्षा खडा गरेर धुरीमा चढेर शिक्षकले विद्यालय भित्र आउँने शिक्षित र बाहिर रहने अशिक्षित भन्ने मान्यता स्थापित गरेदेखि नै शिक्षमा विवाद सुरु भएको बताए ।

उनले भने,‘गाउँ शहरमा विद्यालयको कक्षा खडा गरियो र धुरीमा चढेर जब शिक्षकले भन्यो यो विद्यालय भित्र आउँने सबै शिक्षित हुन्छन् र विद्यालय बाहिर रहने अशिक्षित भनेर त्यहिबाट विवाद सुरु भयो यो आधुनिक भन्ने शिक्षाले पनि त्यहि विवाद जन्मायो ।’

Sharing

प्रतिक्रिया दिनुहोस