• २०८३ बैशाख २५ गते शुक्रवार

पाँच केजी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, सिरहा ।  सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका ४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा ३ का ५२ वर्षिय विश्वनाथ साहलाई पक्राउ गरेको हो।

विषेश सुचनाको आधारमा प्रहरीले चेकजाचँ गर्ने क्रममा कपडाको धोक्रोमाहाली नाइटोभन्दा मुनी कमरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीसपी रविन्द्र पाण्डेले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका प्रहरी कार्यालय लहान पठाइएको डीसपी पाण्डेले जनाए।

Sharing

प्रतिक्रिया दिनुहोस