• २०८३ बैशाख ५ गते शनिवार

जलहरी प्रकरण अध्ययनका लागि अख्तियारको टोली पशुपतिमा : खालि गराइयो मन्दिर परिसर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं ।अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरी प्रकरणको स्थलगत अनुगमनका लागि पशुपतिनाथ मन्दिरमा पुगेको छ । पशुपति मन्दिरभित्र ज्योतिर्लिङ्गमा राखिएको जलहरी अनुगमनमा अख्तियारको टोली पुगेसँगै पशुपति मन्दिर परिसर खाली गराईएको हो ।

अहिलो आयोगको टोलीले जलहरीको स्थलगत जाँच तथा अनुसन्धान गर्न गरिरहेको छ ।अख्तियारको टोली अनुगमनमा जाने भएपपछि पशुपति विकास कोषले मन्दिर क्षेत्र खाली गराएको थियो । पशुपति मन्दिरमा जलहरी राख्दा ११ किलो सुन अनियमितता भएको उजुरी परेसँगै अख्तियारले छानविन थालेको हो । आयोगको टोलीसंगै मन्दिरमा नेपाली सेनाको टुकडीसमेत पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस