• २०८३ बैशाख ११ गते शुक्रवार

मन्त्रालयकै आडमा काठ तस्करी बढेको सांसद सुवालको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, वन तथा वातावरण मन्त्रालयकै कारण सालका काठ भारततर्फतस्करी भइरहेको आरोप लगाएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकमा उनले मन्त्रालयले हरियो वन तस्करको नियन्त्रण किन नगरेको भन्दै प्रश्न गरे ।

उनले भने, ‘मन्त्रालयले, हरियो वन तस्करको धनले भरिएकोलाई किन नियन्त्रण गरीएन ? तराईको साल काठ भारततर्फ भईरहेको तस्करी झन बढ्नुको कारण मन्त्रालय नै होईन र ?’उनले वन मन्त्रालयले केचनकवलमा जङगली हात्ती नियन्त्रणको निहुमा १० गजा भित्र भारतीय साईरन राखेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘साल काठ उत्पादन हुने जङगल नेपालमा अब कति प्रतिशत बाँकी छ । वन मन्त्रालयले केचन कवलमा जङगली हात्ती नियन्त्रणको निहुमा १० गजा भित्र भारतीय साईरन किन राख्न दिएको हो ।’

Sharing

प्रतिक्रिया दिनुहोस