• २०८३ बैशाख २० गते आइतवार

प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत र उद्दार गर्न सांसदहरुको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, काठमाडौं ।  प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका सांसदहरुले बाढी, पहिरो,चट्याङ लगायतका प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राज्यले तत्काल राहत र उद्दार गरि आफ्नो उपस्थिति देखाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतवार शुन्य समयमा बोलेका सुशीला थिङ,देवेन्द्र पौडेल,शिव नेपाली लगायतका सांसदले प्राकृतिक विपत्तिमा हुने मानवीय क्षतिको विषय सदनमा उठाई रहन नपर्ने गरि तत्काल विशेष सेल बनाएर राज्यले उपचार र राहतमा आफ्नो उपस्थिति देखाउनुपर्ने माग गरे । प्राकृतिक प्रकोप चट्याङ, बाढी,पहिरो,दुर्घटना लगायतका विषयमा राज्यको स्वतःउपस्थिति हुनुपर्ने माग सांसद देवेन्द्र पौडेलले गरे ।

उनले भने, ‘आकस्मिक रुपमा हुने दैवी प्रकोपबाटहुने मानवीय क्षतिलाई हामीले सदनमा उठाई रहननपरोस, राज्यले तुरुन्त विशेष सेल बनाएर तत्काल उपचारको व्यवस्था गर्ने, तत्काल राहतको व्यवस्था गर्ने, ठाउँको ठाउँ राज्यको तर्फबट उपस्थिति जनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रणाली अपनाईयोस म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

त्यस्तै, अर्का सांसद शिव नेपालीले चट््याङ लगायतका विपद व्यवस्थापनको तयारी गर्नुपर्ने भन्दै सरकारलाई ध्यानाकर्षण गराए। उनले बर्षेनी चट्याङ लागेर ठूलो मात्रामा धनजनको क्षतिहुने गरेको भन्दै सो बारे जनतालाई सचेत गराउनुपर्ने तथा न्यूनीकरण गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘चट्याङ लागेर वर्षेनी ठूलो संख्यामा मानवीय र भौतिक क्षति भैरहेको छ । मानिस पशुपंक्षी आदिको क्षतिहुनु नेपाल जस्तो देशका लागि ठूलो क्षतिहो । प्राकृतिक प्रकोपलाई निर्मूल गर्न नसके पनि न्यूनीकरण गर्नसकिन्छ । चट्याङ परेर मानिस र पशुपंक्षीको हताहत हुँदापनि सरकारको ध्यानजान सकेको छै्रन् । २०१७मा नौ स्थानमा चट्याङ डिटेक्सन सेन्टर स्थापना गरे पनि उचित सञ्चालन हुन नसक्दा क्षति न्यूनीकरण गर्न सकिएको छैन् । यो बार सामान्य जानकारी समेत जनतालाई प्रवाह गर्न नसक्नु ठूलो क्षतिको कारण बनेको छ ।’

त्यस्तै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि कटान गरेको रिठ्ठेपानी डाडाँको पश्चिम दक्षीण तर्फ पहिरो गएकाले बालीमा क्षतिगर्नाको साथै बस्ती जोखिममा पारेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । यस्तै सांसद सुशीला थिङले शनिवार राति सिन्धुलीको गोलाञ्जोरमा गएको बाढी पहिरोले ३१ घरमा क्षति पु¥याएको र अन्य स्थानका बस्ती पनि पहिरोको उच्च जाखिममा रहेको भन्दै पीडितलाई तत्काल राहत र उद्दार गर्नुपर्ने माग गरिन ।

Sharing

प्रतिक्रिया दिनुहोस