• २०८३ बैशाख १० गते बिहिवार

नक्कली भुटानी शरणार्थी प्रकरण : ११५ पीडितसँग झण्डै २९ करोड असुल, सबैभन्दा धेरै असुल गर्ने सन्देश शर्मा(बिस्तृत विवरणसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ११, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अभियुक्तले एक सय १५ पीडितसँग २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ असुल गरेका थिए । जसमध्ये सबैभन्दा धेरै रकम असुल गर्ने बिचौलिया सन्देश शर्मा रहेका छन् ।

जिल्ला सरकारी वलिक कार्यालय तयार गरेको अभियोग पत्र अनुसार उनले मात्रै बिभिन्न ७७ जनासँग १२ करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए । उनले उक्त रकम गजेन्द्र बुढाथोकी र रामकुमार केसीमार्फत असुल गरेका थिए । बुढाथोकीकै जाहेरीका आधारमा घटनामा संलग्न अन्यको नामावाली खुलेको थियो ।

त्यसपछि सबैभन्दा धेरै रकम असुल गर्ने सागर राई, केशव दुलाल, सानु भण्डारी, अशोक पोखरेल, गोविन्द चौधरी, आशिष बुढाथोकी, मोहन राई, धेरेन राई, दिवाकर बुढाथोकी, रामशरण केसी र दिपा हुमागाञी रहेका छन् । उनीहरुले २६ जनासँग ७ करोड ६० लाख रुपैयाँ असुल गरेका थिए ।

उनीहरुले उक्त रकम गोकुल भट्टराई, समद दाहाm रबिन्द्र कार्की, कुमार खड्का, प्रदीप फुयाल, मिलन श्रेष्ठ, दिलिप गौतम, खगेन्द्र थेबे, भुवन सिंह लिम्बु, डिलबहादुर कुसारी, पदमसिंह खत्री, शोभाराम क्षेत्री, सन्दीप वली, सुस्मा चन्द, मनबहादुर खत्री,भेषराज शर्मा, समित शिवाकोटीमार्फत उठाएका थिए । त्यसबाहेक समिर शिवाकोटी, रोशन शिवाकोटी, सन्तोष भट्टराई, सुरज घिमिर र प्रेमराज पन्थीमार्फत पनि उनीहरु रकम उठाएका थिए ।

त्यस्तै, आङटावा शेर्पाले जिमा शेर्पिनी, तेन्जीफुटी शेर्पिनी, जिमा शेर्पा, पेम्बा शेर्पा, लमडोमा शेर्पा र सोनी शेर्पासँग ५४ लाख रुपैयाँ असुल गरेका थिए । पीडित मध्ये रोशन खत्री, प्रविण कार्की, राजु केसी, उद्धव तिवारी, जितबहादुर धिमाल, बिजय खरेल, आशिष सिटौला, चिरन्जिवि खरेल, प्रदीप कार्की, रोशन पराजुली र कुलबहादुर बस्नेतले नक्कली भुटानी शरणार्थी बन्ने १ करोड १४ लाख रुपैयाँ बुझाएका छन् । तर, उनीहरुसँग रकम असुल गर्नेहरुको नामावली भने सार्वजनिक गरिएको छैन ।

 

Sharing

प्रतिक्रिया दिनुहोस