• २०८३ बैशाख १९ गते शनिवार

१३ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, बाँके । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नरैनापुर गाउँपालिका-६ सोनबर्षा बस्ने ३५ वर्षीय राम प्रसाद बर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गंगापुर क र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस