असोज ७, रौतहट। प्रहरीले रौतहटबाट नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार चम्पारण वडा न १० का जागा चौधरी रहेका छन् ।

प्रहरीले उनको साथमा भारतीय आधार कार्ड, नेपाली नागरिकता, नेपाली नागरिकता प्रयोग गरि लिएको सवारी चालक अनुमती पत्र फेला पारेको जनाएको छ । वि.स २०६३ सालमा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको मौकामा चौधरीले झुट्टा विवरण पेश गरी नागरिकता लिएको प्रहरीको आरोप छ ।
चौधरीको अहिले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत रहेको छ । चौधरीविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।