• २०८३ जेष्ठ ६ गते बुधवार

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै छ । विहीबार बैठक बिहान ८ बजे बस्ने भएको छ ।

गत मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।

केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस