• २०८३ बैशाख ३१ गते बिहिवार

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर–२ को भैरु टोलमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख एवं डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

अञ्जुका १७ वर्षीय देबर देबर गोब्बरको प्रहरीले सकुशल उद्धार गरेको छ। उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिँदै छ।

घर पछाडिबाट खसेको पहिरोमा घर पूर्ण रुपमा पुरिएको शाहीले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस