• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सरकार पिडितको पक्षमा डटेर लागिरहेको छ : गृहमन्त्री श्रेष्ठ (भिडियोसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १०, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पिडितको पक्षमा न्याय दिलाउने आवश्यक प्रयास गरिरहेको बताएका छन् ।
बुधबार साँझ माईतीघरमा अनसन बसेकी बिनु यादवलाई अनसन तोडाउन पुगेका मन्त्री श्रेष्ठले सरकारले सत्यको पक्षमा न्यायको पक्षमा पिडितहरुको पक्षमा सरकारले काम गर्ने र न्याय दिने उद्देश्यका साथ काम गरिरहेको बताए ।

उनले भने ‘तपाईको लागि हाम्रो तर्फबाट सम्पूर्ण प्रयत्नका साथ छिटो टुङग्याएर न्याय दिने काम गर्ने छौं । मिटरव्याजी विरुद्धको त्यत्रो ठूलो काम गरीराखेका छौं ऐन ल्याईयो आयोग बनाईयो । सरकारले यत्रो कारवाही गरिरहेका छौं अरु थुप्रै काम गरिरहेका छौं । तपाईले थोरै विश्वास पनि गर्नुप¥यो । सकारात्मक कुरा भईरहेको छ मेरो हुन्छ सोच्नु पर्छ ।’

उनीसंग बिनुले आफ्नो माग जतिसक्दो चाँडै फ्राष्ट ट्रयाकबाट समाधान होस र कहिलेसम्म हुन्छ समय तोकियोस भनेपछि गृहमन्त्री श्रेष्ठले आफूहरुले कत्रो कत्रो विषय त अनुसन्धान गरिरहको भन्दै न्याय पाउने कुरामा निश्चिन्त रहन सुझाव दिए । उनले भने ‘हामीले कत्रो कत्रो केस त अनुसन्धान गरीरहेका छौं । तपाईको यो केस अनुसन्धान गर्न सक्दैनौ र हामी निष्पक्ष र चाँडो अनुसन्धान गर्ने छौं । जबरजस्ती सहमति गराउँन लाएको जस्तो लाग्छ बरु नगर्नुस् ।’

बिनु आफ्नै प्रेमि र उसका काकाबाट समेत बलात्कृत भएको तर त्यस विरुद्ध आफूले न्याय नपाएको भन्दै ५ बुँदे माग राखेर अनसन बसेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस