• २०८३ बैशाख ५ गते शनिवार

नियन्त्रित लागूऔषधसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, बिराटनगर। नियन्त्रित लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका ४ बस्ने १९ वर्षीय अनिश लिम्बु रहेकी छिन् ।

बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन–९ एम्पुलसहित लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस