• २०८३ बैशाख २१ गते सोमवार

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप: एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्समा शुक्रबार न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा आर्मी सफल भयो ।  आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गरे । एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरे । एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।

त्यसअघि खेलको ३२ औं मिनेटमा लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा एनआरटीका कप्तान बिक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस