• २०८३ जेष्ठ १९ गते मङ्गलवार

प्रो क्लब टी-२० : आज पनि दुई खेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ६, काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा शनिबार पनि दुई खेल हुँदैछन्।वीरगञ्जको नारायणी क्रिकेट ग्राउण्डमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र भारतको उत्तर प्रदेश क्लब–११ बीच प्रतिस्पर्धा हुनेछ।

पुलिस आज दोस्रो र उत्तर प्रदेश–११ तेस्रो खेलका लागि प्रतियोगितामा उत्रिँदैछन्। दुवै टोली पहिलो जितको खोजीमा छन्।

दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा पर्सा क्लब–११ र वण्डर र क्लब नोएडाबीच प्रतिस्पर्धा हुनेछ। पर्सा लगातार दोस्रो जितको लक्ष्यमा मैदानमा उत्रिँदा पहिलो खेलमा पराजित भएको नोएडा भने पहिलो जितको खोजीमा हुनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस