• २०८३ बैशाख ७ गते सोमवार

कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ६, काठमाडौँ ।  नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन काठमाडौंमा शनिबार शुरु हुँदैछ। काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले ​गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताए।

सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र छलफल गरी पारित हुने कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा ७८२ प्रदेश सम्मेलन प्रतिनिधि तथा प्रदेशभित्रका कांग्रेसबाट निर्वाचित संघीय सांसद, प्रदेशसभा सदस्य, प्रदेश भित्रका कांग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति सहभागी हुनेछन्।

यस्तै महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा ११९ पालिकाका सभापति पनि सम्मेलनमा सहभागी हुनेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस