मंसिर ७, काठमाडौँ । काठमाडौँमा प्रदर्शनरत नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ । बल्खु चोकमा ढुंगा हानाहान भएको हो ।
तीनकुनेमा हुने प्रदर्शनका लागि राष्ट्रिय युवा संघका कार्यकर्ता प्रहरीकाे स्कटिङमा मोटरसाइकल र्याली गर्दै बल्खु पुगेका थिए । सोही क्रममा बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूहसँग ढुंगा हानाहान भएको हो ।
अहिले बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् ।
