• २०८३ जेष्ठ २७ गते बुधवार

आज राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं समूहले छुट्टाछुट्टै प्रदर्शन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौँ । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । राष्ट्रिय युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने छन् ।

संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ भने प्रसाईंले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ । संघले भक्तपुरको सल्लाघारीबाट जुलुस निकाली कोटेश्वर–च्यासलस्थित पार्टी कार्यालय हुँदै बिहान ११ बजे तीनकुनेमा सभा गर्ने तयारी गरेको छ ।

यस्तै, प्रसाईँको महाअभियान सानोठिमीस्थित एसओएसबाट पेप्सीकोला–मित्रपार्क–चावहिल हुँदै दिउँसो १ बजे बल्खु पुग्नेछ । एकैदिन दुई समूहले प्रदर्शन गर्ने भएपछि उपत्यका प्रहरी कार्यालयले आजका लागि एकीकृत सुरक्षा योजना लागू गरेको छ ।

परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस