• २०८३ बैशाख २९ गते मङ्गलवार

भारतलाई विद्युत बेचेपछि देशको व्यापार घाटा नियन्त्रणमा सहयोग पुग्यो : प्रधानमन्त्री दाहाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग विद्युत निर्यात र लगानीको क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको बताएका छन् । शुक्रवार संघीय संसदमा बसेको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा सांसद अनिता देवीको प्रश्नमा प्रधानमन्त्री दाहालले भारत सरकारले आगामी १० बर्षमा १० हजार मेगावाटा विद्युत खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दोहोर्याए ।

उनले भने ‘मैले मित्र राष्ट्र भारतको भ्रमण गर्दा नेपालको जलविद्युत विकासका लागि लगानी भित्रयाउन र उत्पादित विद्युत निर्यात गर्ने सम्बन्धमा महत्वपूर्ण कार्यहरु भएका छन् । भारत सरकारले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट खरिद गर्ने प्रतिवद्धता गरेको छ । भारतसंगको दीर्घकालीन उर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भ्रमण कै दौरानमा भईसकोको छ । समझौतामा अन्तिम हस्ताक्षर छिटै हुने विश्वास छ र देशमा हाल वर्षयाममा विद्युत उत्पादन क्षमता करिव २८ सय मेगावट रहेको छ भने अधिकतम खपत करिव १९ सय मेगावट छ । आन्तरिक खपत भन्दा बढी उर्जा खेर जान नदिन छिमेकी भारतमा विद्युत निर्यात गरिरहेका छौं । यसबाट देशको व्यापारघाटा नियन्त्रण गर्न सहयोग गरिरहेको छ । ’

Sharing

प्रतिक्रिया दिनुहोस