• २०८३ बैशाख ४ गते शुक्रवार

रेल सेवा सञ्चालनबारे सरकार सकारात्मक,आगामी बजेटमा सम्बोधन गरिने : प्रधानमन्त्री दाहाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेल सेवा सञ्चालनबारे सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रवार बसेको संघीय संसदको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै आगामी बजेटमा यसबारे सम्बोधन गरिने बताए ।

उनले भने ‘ रेल सेवा सञ्चालन गर्ने बारे सरकार सकारात्मक छ । राष्ट्रिय गौरवको आयोजनाहरु तथा अन्य प्राथमिकता प्राप्त आयोजनाहरु जग्गा अतिक्रमण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा परेको छ । आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकाय मार्फत यस विषयमा सम्बोधन हुने व्यहोरा राख्न चाहन्छु । अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाप्रति सरकारको गम्भीर ध्यान गएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस