• २०८३ बैशाख २५ गते शुक्रवार

गोरखा जीप दुर्घटना  : मृत्य भएका सबै पाँच यात्रुको सनाखत,१२ घाइतेको उपचार जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । गोरखामा जीप दुर्घटनामा पर्दा मृत्युभएका पाँच यात्रुुको सनाखत भएको छ भने घाइते १२ जनाको भरतपुर र आँबुखैरेनीमा उपचार भइरहेको छ । मृत्यु हुनेमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा र सोही गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप पातलेखोला भन्ने स्थानमा बिहान करिब २ बजेतिर दुर्घटनामा परेको थियो । उक्त जीप घुम्ती सडकबाट करिब २५० मिटर तल भीरमा खसेको छ ।

घटनाका गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस