• २०८३ बैशाख २६ गते शनिवार

यस्तो रहनेछ आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशकाx उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने छ । विभागले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस