• २०८३ बैशाख २१ गते सोमवार

पाल्पाको रानीमहल नजिकै बैकुन्ठेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

एक घाइते
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, पाल्पा। पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।

जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस