• २०८३ बैशाख २१ गते सोमवार

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिस्कार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ । समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको हो ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । बैठकको बैद्यानिकता नहुने भए पछि एमाले शितल निवास नजाने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भईसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस