जेठ ८, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिबाट चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका यादवलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

आज जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन भएको उपेन्द्र यादवका प्रमुख स्वकीय सचिव महेश चौरसियाले बताए । यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए ।