• २०८३ बैशाख १० गते बिहिवार

बलात्कार आराेपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा खिजिदेम्बा गाउँपालिका-८ बस्ने २१ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस