मंसिर ५, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा मसाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले मंगलबार साँझ काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।
मसाल जुलुसको नेतृत्व युवा संघका पूर्व अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले गर्नुभएकाे थियो । त्यसअघि प्रदर्शनीको तयारीका लागि राष्ट्रिय युवा संघले मंगलबार नै काठमाडौंमा भेला आयोजना गरेको थियो ।
