• २०८३ बैशाख १९ गते शनिवार

टिकटक प्रतिबन्धविरुद्धका रिट शर्माको इजलासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौँ ।  टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्च अदालतमा परेका रिट निवेदनमा सुनुवाइ गर्न मंगलबारका लागि पुनः पेसी तोकिएको छ। रिट सुनुवाइका लागि सर्वाेच्चका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको हो।

सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए ।

टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन्। गत कात्तिक २७ गते बसेको मन्त्रिरिषद् बैठकबाट सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस