• २०८३ बैशाख ९ गते बुधवार

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा स्थान बनाएको हाे। नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो । त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो। नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले ३-३ विकेट लिए । सुभाष भण्डारीले २ र आकाश चन्दले १ विकेट हात पारे ।

Sharing

प्रतिक्रिया दिनुहोस