कात्तिक ४, उदयपुर । उदयपुर जिल्लाको पश्चिमी बजार कटार नगरपालिका ६ देउली कुनाबाट प्रहरीले शुक्रवार ३८ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको अपरेसन मिसन ड्रग इन्टरसेप्ट अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय कटारीले गस्तकिो क्रममा बोरामा प्याक गरेको अवस्थामा अन्दाजी ३८ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका वडा नं १ का गणेश बहादुर मगर र सोही ठाउँ घर भएका वीर बहादुर मगर रहेका छन. । उनीहरुलाई कटारी प्रहरीले राती १ बजेर २० मिनटको समयमा पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा राखिएको सूचना अधिकारी चौधरीले बताए ।
