• २०८३ बैशाख १५ गते मङ्गलवार

सुन तस्करीका योजनाकार पक्राउ गर्न माग गर्दै राष्ट्रिय  युवा संघको प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी काण्डमा साना भरियाहरुलाई मात्र पक्राउ गरेर मुख्य दोषीलाई उन्मुक्ति दिने प्रपन्च रचिएको आरोप लगाउँदै मसाल जुलुससहित प्रदर्शन गरेको छ । शुक्रबार साँझ मुख्य योजनाकारलाई उन्मुक्ति दिने प्रपन्च रचिरहेको भन्दै राष्ट्रिय युवा संघले मसाल जुलुस निकालेको हो ।

संघले सबैलाई कानुन बराबर हुनपर्ने माग गरेको छ । एमालेको भ्रातृ संगठन युवा संघले भने सरकारले तस्करीका मुख्य नाइकेलाई बचाउन खोजेको आरोप लगाउँदै प्रर्दशन गरेको हो ।

May be an image of 7 people and text

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय केजी सुन तस्करी भएपछि गत मंगलबार, बुधबार र बिहीबार गरी १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक साथै आठ नेपाली गरी १० जना पक्राउ परेका छन् । तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस