• २०८३ बैशाख ११ गते शुक्रवार

सुदूरपश्चिम प्रदेशमा आज शोक विदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौ । सवारी दुर्घटनामा मृत्यु भएका आफ्ना आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर शोक विदा दिईएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिने निणर्य गरेको बताउँदै आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले, आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले आज शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निणर्य गरेको जानकारी दिए ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहका पनि मृत्यु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस