• २०८३ बैशाख ११ गते शुक्रवार

राष्ट्रिय युवा संघकाे कार्यवाहक अध्यक्षको जिम्मेवारी अमित लामालाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडाैं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालकाे कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष अमित लामालाई दिइएकाे छ । केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले लामालाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी दिनुभएकाे हाे ।

संगठनकाे कामकाे शिलशिलामा बाहिर जानुपर्ने भएपछि अध्यक्ष थेबेले लामालाई साे जिम्मेवारी ताेक्नुभएकाे हाे । याेसँगै थेबेको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको रुपमा लामाले भूमिका निर्वाह गर्नुहुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस