• २०८३ भाद्र २४ गते बुधवार

बाढी पहिरोमा परि मृत्यु भएका परिवारलाई २ लाख उपलब्ध गराईएको गृहमन्त्री श्रेष्ठ द्वारा जानकारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ राहतदिएको जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक जनाको मृत्यु भएको अवस्थामा परिवारलाई २लाख र परिवारको थप अर्को सदस्यको पनि मृत्यु भएमा प्रति व्यक्ति थप १ लाख राहत उपलब्ध गराइएको बताए ।

उनले भने ‘ विपद पीडित र राहत सम्बन्धि मापदण्ड २०७७ बमोजिम मृतकको परिवारमा एकज नाको मृत्यु भए २ लाख र परिवारको अर्को सदस्यको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ । गृहमन्त्री श्रेष्ठले घरबास नभएकालाई तत्कालका लागि २० हजार रुपैयाँ उपलब्ध गराएको जानकारी पनि गराए । उनले बाढी पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्राथमिकता दिएको जानकारी पनि सदनलाई गराए ।

Sharing

प्रतिक्रिया दिनुहोस