असार ५, काठमाडौं । आगामी शुक्रबार संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ ।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम शुक्रबार हुने जानकारी सदनलाई गराएका छन् ।प्रधानमन्त्री दाहालसँग प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको पनि जानकारी पनि सभामुख घिमिरेले दिए। उनले उक्त समूहमा १५ जना सांसद सदस्य रहने पनि बताए ।

उनले भने ‘ प्रश्न सोध्नका लागि १७ समूह विभाजन गरिएको छ , जस्मा १५ जना सांसद सदस्य रहने छन् । ’ सभामुख घिमिरेले आज मंगलबार अपराह्न ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेश गर्नु पर्ने जानकारी पनि दिए ।